सामग्रीमा जानुहोस्

युरोपेली केन्द्रीय बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युरोपेली केन्द्रीय बैंक

युरोपेली केन्द्रीय बैंक (ECB) यूरो प्रणाली को केन्द्रीय निकाय साथै युरोपेली सङ्घका सात संस्थाहरू मध्ये एक हो।[१] यो विश्वको सबैभन्दा महत्त्वपूर्ण केन्द्रीय बैंकहरू मध्ये एक हो।

युरोपेली केन्द्रीय बैंकको स्थापना मूल्य स्थिरता ग्यारेन्टी र कायम राख्ने उद्देश्यका साथ मे १९९९ मा एम्स्टर्डमको सन्धिद्वारा भएको थियो। १ डिसेम्बर २००९ मा , लिस्बनको सन्धि लागु भयो र ब्याङ्कले ईयू संस्थाको आधिकारिक मान्यता प्राप्त गऱ्यो। जब युरोपेली केन्द्रीय बैंक सिर्जना गरिएको थियो, यसले एघार सदस्यहरूको यूरोजोनलाई समेटेको थियो। त्यसपछि, जनवरी २००१ मा ग्रीस, जनवरी २००७ मा स्लोभेनिया, जनवरी २००८ मा साइप्रस र माल्टा, जनवरी २००९ मा स्लोभाकिया, जनवरी २०११ मा इस्टोनिया, जनवरी २०१४ मा लाटविया, जनवरी २०१५ मा लिथुआनिया र जनवरी २०२३ मा क्रोएशिया सामेल भयो।[२] युरोपेली केन्द्रीय बैंकको वर्तमान अध्यक्ष क्रिस्टिन लेगार्ड हुन्। जर्मनीको फ्रान्कफर्टमा अवस्थित यस ब्याङ्कले आफ्नो नयाँ भवन निर्माण हुनुअघि युरो टावरमा कार्यालय थियो।

युरोपेली केन्द्रीय बैंक सीधा युरोपेली सङ्घको कानुनद्वारा संचालित छ। यसको पूँजी स्टक, €११ बिलियन मूल्य बराबरको छ, शेयरधनीहरूको रूपमा युरोपेली संघका सदस्य राष्ट्रहरूका सबै २७ केन्द्रीय बैंकहरूको स्वामित्वमा छ।[३] प्रारम्भिक पूँजी बाडफाड सन् १९९८ मा राज्यको जनसङ्ख्या र जीडीपीको आधारमा निर्धारण गरिएको थियो, तर पूँजी बाँडफाँडलाई त्यसपछि पुनः समायोजन गरिएको छ।[३] ईसीबीका सेयरहरू हस्तान्तरण योग्य छैनन् र धितोको रूपमा प्रयोग गर्न सकिँदैन।

संगठन[सम्पादन गर्नुहोस्]

निर्णयाकारी अंग[सम्पादन गर्नुहोस्]

इसीबी मा निर्णय लिने चार अंग छन्, जसले सबै निर्णय इसीबीको म्यान्डेट पुरा गर्न सबै निर्णय लिन्छन्:

  • एक्जिक्युटिब बोर्ड
  • गर्भरनिङ काउन्सिल
  • जनरल काउन्सिल
  • सुपरभाइजरी बोर्ड

पूँजी[सम्पादन गर्नुहोस्]

आज, इसीबी पूंजी लगभग € ११ बिलियन छ, जुन सदस्य राष्ट्रहरूको राष्ट्रिय केन्द्रीय बैंकहरूले शेयरधनीको रूपमा राखेका छन्।[४] यस पूँजीमा रहेको राष्ट्रिय केन्द्रीय बैंकहरूको शेयर पूंजी कुञ्जी प्रयोग गरी गणना गरिन्छ जसले कुल जनसंख्या र EU को कुल गार्हस्थ्य उत्पादनमा सम्बन्धित सदस्यको अंश झल्काउँछ। इसीबीले प्रत्येक पाँच वर्षमा र योगदान गर्ने राष्ट्रिय केन्द्रीय बैंकको संख्या परिवर्तन हुँदा शेयर समायोजन गर्दछ। समायोजन युरोपेली आयो द्वारा प्रदान डाटा को आधार मा गरिएको छ।[४]

राष्ट्रिय केन्द्रीय बैंक जम्मा पूँजी (%) चुक्ता पूँजी (€)
नेसनल बैंक अफ बेल्जियम २.९६३0 २७६,२९०,९१६.७१
क्रोयासियन नेसनल बैंक ०.६५९५ ७१,३९०,९२१.६२
डच बुन्डेसबैंक २१.४३९४ १.९९९१६०१३४९१×१०^
बैंक अफ इस्टोनिया ०.२२९१ २१,३६२,८९२.०१
Central Bank of Ireland १.३७७२ १२८,४१९,७९४.२९
बैंक अफ ग्रीस २.०११७ १८७,५८५,०२७.७३
बैंक अफ स्पेन ९.६९८१ ९०४,३१८,९१३.०५
बैंक अफ फ्रान्स १६.६१०८ १.५४८९०७५७९९३×१०^
बैंक अफ इटाली १३.८१६५ १.२८८३४७४३५२८×१०^
सेन्ट्रल बैंक अफ साइप्रस ०.१७५0 १६,३१८,२२८.२९
बैंक अफ लात्भिया ०.३१६९ २९,५४९,९८०.२६
बैंक अफ लिथुवानिया ०.४७०७ ४३,८९१,३७१.७५
Central Bank of Luxembourg ०.२६७९ २४,९८०,८७६.३४
सेन्ट्रल बैंक अफ माल्टा ०.०८५३ ७,९५३,९७०.७0
डे नेदरल्याण्ड बैंक ४.७६६२ ४४४,४३३,९४१�0
Oesterreichische Nationalbank २.३८०४ २२१,९६५,२०३.५५
बैंको डे पोर्तागाल १.९०३५ १७७,४९५,७००.२९
बैंक अफ स्लोभेनिया ०.३९१६ ३६,५१५,५३२.५६
नेसनल बैंक अफ सोभाकिया ०.९३१४ ८६,८५०,२७३.३२
बैंक अफ फिनल्याण्ड १.४९३९ १३६,००५,३८८.८२
Euro area total ८१.९८८१ ७,६१०,४२१,०९२.९४
Bulgarian National Bank ०.९८३२ ३,९९१,१८०.११
Czech National Bank १.८७९४ ७,६२९,१९४.३६
Danmarks Nationalbank १.७५९१ ७,१४०,८५१.२३
Hungarian National Bank १.५४८८ ६,२८७,१६४.११
National Bank of Poland ६.०३३५ २४,४९२,२५५.०६
National Bank of Romania २.८२८९ ११,४८३,५७३.४४
Sveriges Riksbank २.९७९0 १२,०९२,८८६.०२
Non-Euro area total १८.०११९ ७३,११७,१०४.३३
Net total १००.०००० ७,६८३,५३८,१९७.२७

रिजर्भ[सम्पादन गर्नुहोस्]

भाषा[सम्पादन गर्नुहोस्]

इसीबी को आन्तरिक कामकाजको भाषा अंग्रेजी हो, र प्रेस सम्मेलनहरू अंग्रेजीमा आयोजित हुन्छन्। इसिबी वेबसाइट मुख्यतया अंग्रेजी हो; आधिकारिक कागजातहरू जस्तै वार्षिक प्रतिवेदन इयु को आधिकारिक भाषाहरू(सामान्यतया अंग्रेजी, जर्मनफ्रान्सेली)मा छन् ।.[५][६]

इतिहास[सम्पादन गर्नुहोस्]

प्रमुख[सम्पादन गर्नुहोस्]

# चित्र अध्यक्ष राज्य पदासिन पद छोडेको
विम डुइसेनबर्ग  नेदरल्यान्ड १ जुन १९९८ ३१ अक्टोबर २००३
५ वर्ष, १५२ दिन
जीन-क्लाउडे त्रिचेत  फ्रान्स १ नोभेम्बर २००३ ३१ अक्टोबर २०११
७ वर्ष, ३६४ दिन
मारियो द्रागी  इटाली १ नोभेम्बर २०११ पद २०१९ मा सकिने
७ वर्ष, ३६४ दिन
4 क्रिस्टिन लागार्द

Christine Lagarde (1956–)

 फ्रान्स 1 November 2019 Incumbent
४ वर्ष, २३२ दिन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ECB, ESCB and the Eurosystem", www.ecb.europa.eu, २५ जुन २०१५, अन्तिम पहुँच २०२१-०९-३० 
  2. "European Central Bank", CVCE, ७ अगस्ट २०१६, अन्तिम पहुँच १८ फेब्रुअरी २०१४ 
  3. ३.० ३.१ "Capital Subscription", European Central Bank, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  4. ४.० ४.१ "Capital Subscription", European Central Bank, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  5. Buell, Todd (२९ अक्टोबर २०१४), "Translation Adds Complexity to European Central Bank's Supervisory Role: ECB Wants Communication in English, But EU Rules Allow Use of Any Official Language", The Wall Street Journal, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  6. Athanassiou, Phoebus (फेब्रुअरी २००६), "The Application of multilingualism in the European Union Context", ECB, पृ: २६, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]